भ्लादिमिर पुटिन
पुटिन राेएकाे त्याे दिन

एजेन्सी– यसै पनि पुटिनको व्यक्तिगत जीवनबारे बाहिर खासै आएको छैन । १८ वर्षसम्म लगातार रूसको कमान्ड सम्हालेका पुटिनले रमाइलो गरेका दृश्यमात्र बाहिर आएका छन् ।

तर, के उनी कहिल्यै दुःखमा परेका छैनन् ? परेका छन् ।

र, एक पटक त उनी सार्वजनिक रूपमै रोएका छन् । त्यो हो उनी पहिलो पटक रूसको कार्यवाहक राष्ट्रपति बन्दाको क्षण । उनी त्यति बेला पनि राष्ट्रपति बन्ने दौडमा थिए । बिबिसीका गाब्रिएल गेटहाउस त्यो पलबारे अहिले पनि सम्झन्छन् ।

२४ फ्रेबुअरी २००० ।

यो त्यही दिन थियो जब पुटिन रोए । गोर्वाचेभ र यल्टसिन सँगै सोभियत सङ्घको अन्त्यको लागि सोबाचेक पनि सँगसँगै थिए । मध्यम वर्गीय राज्य सुरक्षा अफिसरबाट भ्लादमिर पुटिनलाई राजनीतिमा ल्याउने पनि उनी नै थिए । उनले गरेको यो ब्यवहार सायद कसैलाई मात्रै थाहा होला ।

तर आज, टुक्रिएको सोभियत सङ्घको सुरक्षा व्यबस्था र रूसलाई शक्तिको केन्द्रमा राख्न उनको अहम् भूमिका रहेको छ । मार्च १८ मा हुँदै गरेको निवार्चनको लागि ८ जना उम्मेदवार उठेका छन् । तर, पुटिनलाई त्यसको निकै महत्वपूर्ण उम्मेदवार मानिन्छ ।



एक विपक्षी उम्मेदवारले यसलाई ‘झुटो निवार्चन’ को संज्ञा दिएकी छन् । उनले भनेकी छन्– ‘यो क्यासिनो हो, जसमा सँधै पुटिनको पक्षमा मात्रै परिणाम जान्छ ।’ उनी पुटिनका पुराना साथी एनतोली कै छोरी क्यानीआ सोबाचेक हुन् ।

३६ वर्षे क्यानिया, टिभी कार्यक्रमकी प्रस्तोता हुँदै पत्रकारीतामा प्रवेश गरेकी थिइन् । उनी विपक्षी उम्मेदवार एलेक्सी नेभेल्नीको समर्थक पनि हुन् । जसलाई निवार्चनमा उम्मेदवार हुनबाट रोकिएको छ । उनलाई पक्कै पनि संस्थागत मौन स्वीकृति दिएको हुनुपर्छ । त्यसरी नै वास्तबमा रूसी प्रजातन्त्र चलेको छ । उनका पिता अर्थात् एनतोली सोबाचेको सेन्ट पिटर्सबर्गका मेयर थिए । पुटिन त्यसको कार्यकारी थिए ।



ती दुबैजना निकै निकट थिए जतिबेला सोबाचेक भ्रष्टाचारको काण्डमा मुछिएका थिए । सन् १९९० मा भएको यो घटनामा पुटिनले उनलाई यसबाट माथि निकाल्न निकै सहयोग गरेका थिए । जब पुटिन पहिलो पटक राष्ट्रपतिको निवार्चनमा उम्मेदवारी दिँदै थिए, उनका साथी एनतोली सोबाचेक को निधन भयो । ६२ वर्षको उमेरमा उनको निधन भयो । कलिनिङगड को एक होटलमा उनको मृत शरीर भेटिएको थियो । तर, उनको शव परीक्षण गर्दा हृदयघातबाट मृत्यु भएको भनिए पनि यसको कुनै प्रमाण भेटिएको थिएन ।

सोबेचेकको श्रीमतीलाई शंकास्पद रूपमा लिएको थियो र उनले नै पतिको शव परीक्षण गरेकी थिइन् । उनको नाम लिउडमिला नबरुसोभ हो । पतिको मृत्युको विषयमा अहिले उनलाई प्रश्न गर्दा उनको लामो मौनतापछि आफूँलाई केही थाहा नभएको प्रतिक्रिया दिइन् । पुटिनलाई उनको मृत्युमा कसैको हात हुन सक्ने पनि सुझाएका थिए । तर उनको श्रीमतीले उक्त घटनालाई लुकाउन खोज्नुमा उनको पनि केही हात हुन सक्छ । पुटिन उनको साथीको मृत्युमा धेर नै चिन्तीत थिए । पुटिनले कुनै नाटक गरिरहेका थिएनन् । न त उनले सार्वजनिक ठाउँमा आफ्नो आवेग देखाउन चाहाने मानिस हुन् ।

यो उनको मनमा देखिएको पिडा हो । अथवा, यो उनको दोष पनि हुन सक्छ । नबरुसोभ ले भनिन्– ‘पुटिनलाई शक्तिमा रहिरहनको लागि केही व्यक्तिले गरेको युद्ध अभ्यास पनि हुन सक्छ । उनी ठिक छन् त ? पछाडि फर्केर हेर्दा पुटिनलाई कसैले शक्तिमा रहने साधन बनाएको पनि मानिन्छ । यदि सोबचेकको हत्या नै भएको हो भने, के यो उनलाई उनकै सहयोगीसँग डराएका मानिसहरुले गरेका हुन त ? हुनसक्छ ।

यदि त्यस्तो हो भने राज्य सुरक्षा कमिटीको अफिसरलाई उनको पुरानो साथीको योजना अगाडि बढाउन पुटिनलाई दिन्थे त ? यो एउटा शंका मात्रै हो, तर यहाँबाट सोच्न सुरु गर्नुपर्ने छ । नबरुसोभले अहिलेसम्म आफ्नो पतिको मृत्युको कागजात सार्वजनिक गरेकी छैनन् ।

उनले सबै कागजात रुसभन्दा बाहिर कुनै गोप्य ठाउँमा लुकाएर राखेको बताउँछिन् । उनलाई उनको इन्सुरेन्सबाट केही सहयोग हुन सक्ने बताउँदा उनले आफूँले त्यो रूपमा नहेरेको प्रतिक्रिया दिइन् । तिमी र तिम्रो छोरीको सुरक्षाको विषयमा तिमी डराएको हो ? भनेर सोध्दा उनी लामो समय मौन भइन् र भनिन्– ‘विपरीत दृष्टिकोण राख्नेहरूको लागि यो देश निकै डरलाग्दो छ । र, म यहाँ बस्न साँच्चिकै डराएकी छु ।'

  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार २२:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया