दोस्रो चरणको मतदान सम्पन्न : राति १० बजेबाट मतगणना गरिने, परिणाम आजै राति आउने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दोस्रो चरणमा चार हजार ५ सय ६४ मत मात्रै खसेको छ । 

मंगलबार साढे ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ । 

सो निर्वाचनका लागि कुल ४ हजार ७४३ प्रतिनिधि छन् । यसअघि कुल ४ हजार ६ सय ८१ मत खसेको थियो । 

आजै राति १० बजेबाट मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन परिणाम आजै राति आउनेछ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २१:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया