देश र जनता असुरक्षित रहेको भन्दै जनप्रदर्शनमा नेकपा

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा शनिबार जनप्रदर्शन गर्दै छ ।

पार्टी स्थापनाको चार वर्ष पुगेको अवसरमा ८ मंसिरलाई विशेष दिवसका रूपमा मनाइरहेको नेपाल कम्युनिस्ट पार्टीले यस वर्ष पनि जनप्रदर्शन गर्न लागेको हो ।

जनप्रदर्शनको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका मुख्य नेताले सम्बोधन गर्नेछन् । ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टीले देशैभरि जनप्रदर्शन गर्ने बताएको छ । पार्टीले दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रलाई भलो नहुने भन्दै राष्ट्रियता झनै कमजोर हुँदै गएको बताएको छ ।

पार्टीले नयाँ संविधान र त्यसअनुसार बनेको संघीय संरचनामा पनि असहमति जनाउँदै आएको छ । 

नयाँ सरकार बनेको १० महिना बित्दा पनि कुनै उपलब्धिमूलक काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपालको राष्ट्रियता गम्भीर घुम्तीमा पुगेको तथा देश र जनता असुरक्षित हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । 



देशमा देखिएको समस्या समाधानका लागि वैकल्पिक पार्टीको आवस्यकता परेको र त्यसको गन्तव्य वैज्ञानिक समाजवादी व्यवस्था रहेको उसको तर्क छ । उक्त वैज्ञानिक समाजवादमा पुग्नको लागि जनप्रदर्शन सहयोगी हुने पार्टीको विश्वास छ । 



 

  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १२:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया