[फाेटाे फिचर] विप्लवका क्रान्तिकारी अनुहार

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्न्युनिष्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंमा जनसभा आयोजना गरेको छ । नेकपाले मंसिर ८ गतेलाई पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

राजधानीमा आयोजित सभामा देशभरबाट नेकपाका कार्यकर्ता सहभागी छन् । महिला, बालबालिकाको विशेष उपस्थिति रहेको सभालाई नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सम्बोधन गर्दै छन् ।

प्रर्दशनीमार्गको सडकमै नेकपाले सभा आयोजना गरेको छ । सरकारले भृकुटीमण्डप, शान्तिवाटिका र टुँडिखेलमा सभा आयोजना गर्न नदिएपछि नेकपाले भृकुटीमण्डपमै आमसभा आयोजना गर्नुपरेको बताएको छ ।

विशाल जनसभा भनिएको नेकपाको सभामा नेकपाका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने उपस्थित छैनन् ।

नेकपाको सभामा सहभागी हुन देशभरबाट आएका क्रान्तिकारी अनुहार फरकधारकर्मी सागर चन्दले क्यामेरामा कैद गरेका छन्ः





  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १६:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया