कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरियो : सुजाता कोइराला

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् ।

कांग्रेसको उपसभापतिमा पराजित भएकी कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुनाकाप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधिको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताएकी हुन् ।

‘कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधैं प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताइन् ।

कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी हुनुभएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेकी छन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ९:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया