१०० मत गणना हुँदा कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता

नेपाली कांग्रेसको महामन्त्री पदमा सुरु भएको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । 

१४ औं महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा थापाले अग्रता लिएका हुन् । १ सय गणना हुँदा थापाले सर्वाधिक ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा छन् । उनले ३४ मत प्राप्त गरेका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत ३१ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै, पौडेल २७ मत प्राप्त गरेका छन् ।  

शेखर कोइराला प्यानलबाट उम्मेदवार रहेका डा. मिनेन्द्र रिजालले २१ मत पाएका छन् । 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ११:२८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया