कांग्रेस महामन्त्रीको प्रारम्भिक गणनाः गगन, विश्वप्रकाश र प्रदीपको प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री चुन्नका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ । 

कांग्रेस पार्टी कार्यालयमा भएको मतगणनामा पहिलो ६ सय मत गन्दा गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माको प्रतिस्पर्धा देखिएको छ । 

यसमा गगन सबैभन्दा अगाडि छन् ।

६ सय मत गन्दा आएको नतिजाअनुसार गगन थापाले ३८९ मत ल्याउँदा विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् । अनि प्रदीप पौडेलले २०६ मत ल्याएका छन् ।

महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले १९३, मिनेन्द्र रिजाले १०८ र राजाराम कार्कीले १८ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया