कांग्रेस महामन्त्री : गगनलाई पछ्याउँदै विश्व, प्रकाशरण र प्रदीपबीच कडा प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार १५३० मत गणना हुँदा गगन थापाले ९८५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ६०३, प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४७, मिनेन्द्र रिजालले २५४ र राजाराम कार्कीले ४७ मत पाएका छन् । मतगणना तीन स्थानमा सुरु गरिएको छ । ६ घण्टाभित्र मतपरिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । 

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भएर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भइसकेका छन् ।  
 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया