हामीलाई विश्वास गरी मत प्रदान गर्ने प्रतिनिधिप्रति हामी नतमस्तक छाैं : नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीकाे १४औं महाधिवेशनले परिवर्तनकाे मार्गलाई अगाडि बढाएकाे बताएका छन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन् ।

भण्डारीले पार्टीकाे १४औं महाधिवेशनमा मत प्रदान गर्ने प्रतिनिधिप्रति कृतज्ञता  व्यक्त गरेका छन् । यसका साथै उनले नेपाली कांग्रेस परिवर्तनकाे पक्षमा उभिने पनि दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनले परिवर्तनको मार्गलाई अगाडि बढाएको छ  । हाम्रो पार्टीमा रूपान्तरण र पुस्तान्तरणको मुद्दा स्थापित गर्न हामी सफल भएका छौं । हामीलाई विश्वास गरी मत प्रदान गर्ने प्रतिनिधिप्रति हामी नतमस्तक छौं र अब प्रण गर्दछौं कि हजुरहरूले आशा गरे अनुरूपको नेपाली कांग्रेस बनाउन दत्तचित्त भई लाग्ने छौं । तंपाईहरूको विश्वासलाई सम्मान गर्दै भविष्यमा हामीले कुनै प्रश्न उठ्ने कर्म गर्ने छैनौं र अरूलाई पनि रोक्ने  छौं । इतिहास ससाना घटना परिघटना जोडेर नै बन्ने हो । आफू वाणशैय्यामा परेर भए पनि परिवर्तनको पक्षमा उभिन सक्नु नै वास्तविक विजय हो भन्ने मेरो विश्वास अझ दृढ बनाइदिएको सबै शुभचिन्तकप्रति आभारी छु।’ 

‘विशेषत: सिंगाे कांग्रेस पार्टी, कांग्रेसीजन, मतदाताहरू, निर्वाचन आयोग, नेपाली संचार जगत, सुरक्षा निकाय, मित्रहरू, परिवारका सदस्यहरू सबैप्रति हार्दिक आभार । आदरणीय पार्टी सभापतिज्यूलाई पुनः बधाई दिँदै यस आन्तरिक प्रतिस्पर्धालाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा ग्रहण गरी पार्टीलाई एक ढिक्का बनाई माथि उठी पार्टी र देशको नेतृत्व गर्नु हुन अनुरोध गर्दछु’, नेता भण्डारीले थपेका छन् ।  

उपसभापति पदमा पराजित भएका नेता भण्डारीले १५८० मत प्राप्त गरेका थिए । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । उनीहरूले क्रमश: २१२१,  १९०८ मत प्राप्त गरे ।



 



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १३:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया