कांग्रेस महामन्त्री : २५२० मतगणना, गगन- १६४८ विश्वप्रकाश- १०१९

नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार २५२० मत गन्दा थापाले १६४८ भोट प्राप्त गरेका छन् । 

त्यस्तै, अर्का महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले १०१९ मत पाएका छन् । उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६ र मिनेन्द्र रिजालले ४३६ मत ल्याएका छन् ।

यस्तै, राजाराम कार्कीले ६४ मत ल्याएका छन् ।  

मतगणना तीन स्थानबाट भइरहेको छ । मतपरिणाम ६ घण्टाभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १३:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया