जब त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र नाचे, बियर पिए [१९ तस्वीर]
याेसहित यी सबै तस्वीरहरु त्रिसराकाे फेेसबुकबाट लिइएकाे हाे ।

काठमाडौं– दरबारमार्गस्थित त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार पुगेर नाचेका छन् । अाफन्तकाे जन्मदिन मनाउन परिवारसहित शुक्रबार रेष्टुरेन्ट पुगेका ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाचगानमा समेत सहभागि भए । 

रेष्टुरेन्टले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पूर्वराजा नाचेका तस्वीर राखेको छ । साथै रेष्टुरेन्टले आफ्नो फेसबुक पेजमा पनि पूर्वराजा र उनको परिवार रेष्टुरेन्टमा सहभागी भएका विभिन्न तस्वीर राखेको छ । 

शाहसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्वयुवराज पारस शाह तथा राजपरिवारका अन्य सदस्यहरुको कार्यक्रममा सहभागि थियो । पूर्वराजा शाहले रेष्टुरेन्टमा अन्य खानासँगै बियर पनि पिए । रेष्टुरेन्टका एक कर्मचारीका अनुसार पूर्वराजा शाहले एक गिलास मात्र बियर पिएका थिए ।





  • प्रकाशित मिति : मंसिर ९, २०७५ आइतबार ०:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया