बजाजको नयाँ शोरुम अब बर्दियाको गुलरियामा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले गुलरिया, बर्दियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम 'ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड' सञ्चालनमा ल्याएको छ ।

नेपालमा सबभैन्दा धेरै ब्रिकी हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदीप जोशीलाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए । 'गुलरियामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन्' उनले भने ।





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया