नेपाली कांग्रेसको निर्वाचनअन्तर्गत पार्टी कार्यालय सानेपामा अहिले सहमहामन्त्री पदको मतगणना भइरहेको छ । सहमहामन्त्रीको दलिततर्फको मतगणनामा कोइराला पक्षका उम्मेदवारले अग्रता लिएका छन् ।
दलित तर्फको ३९६४ मतगणनामा कोइराला पक्षका जीवन परियारले १८६५ मत पाएका छन् ।
देउवा पक्ष्ँका मानबहादुर विश्वकर्माले १८३७ मत पाएका छन् । प्यानलविना उम्मेदवार बनेकी गंगा सुनारले २०४ मत पाएकी छन् ।
महिला तर्फको मतगणनामा भने देउवा पक्षकी डिना उपाध्यायले कोइराला पक्षकी उम्मेदवार कमला पन्तलाई उछिनेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।