नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् ।
सहमहामन्त्रीकी अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।
उपाध्याय सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेकी थिएन् भने पन्त शेखर कोइराला समूहबाट उम्मेदवार बनेकी थिइन् ।
डिना २५३३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी पन्तले २१०५ ल्याइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।