आज पनि बढ्यो एक हजार रुपैयाँले सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

 तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो । 





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १०:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया