कांग्रेस सहमहामन्त्रीको थारू क्लस्टरमा चौधरीले अग्रता

नेपाली कांग्रेस सहमहामन्त्रीको थारू क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका छन् ।

१ हजार मत गन्दा उमाकान्तले ५४२ मत पाएका छन् । उनी देउवा समूहका हुन् । त्यस्तै उनलाई शेखर कोइराला प्यानलका तेलुलालले पछ्याइरहेका छन् । उनले अहिलेसम्मको गणनामा ४४२ मत पाएका छन्। 

कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै सकिएको छ । दलिततर्फ जीवन परियार, महिलातर्फ  महालक्ष्मी उपाध्याय र आदिवासी/जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भए । अब पाँच उपमहामन्त्री टुंगिन बाँकी छ ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १४:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया