कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी : ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने
फाइल तस्वीर

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।

कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १३:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया