कसले तिर्छ निर्मलाका बुबाको उपचार खर्च ?

काठमाडौं– निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनी आज साँझ कञ्चनपुरबाट काठमाडौंको शिक्षण अस्पताल आइपुगेका छन् ।

२५ कात्तिकदेखि धर्नामा बसेका पन्तको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । पन्त अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालको आकास्मिक कक्षमा छन् ।

पन्तलाई हिजै काठमाडौं ल्याउने तयारी गरे पनि खराब स्वास्थ्य अवस्थाका कारण उनलाई प्लेनमा चढ्न दिइएन । प्लेन चढाउन नपाएपछि सुभेच्छुकहरूले पन्तलाई सडकमार्ग हुँदै आज काठमाडौं ल्याएका हुन् ।

पन्तको साथमा उनकी पत्नी दुर्गादेवी पन्त पनि आएकी छिन् । पन्त दम्पती नै २५ कार्तिकदेखि धर्नामा बसेका थिए । पन्त दम्पती उपचारका लागि काठमाडौं आएपछि कञ्चनपुर जिल्ला प्रशासनअगाडिको धर्ना स्थगित भएको छ ।

पन्तको उपचारको खर्च सरकारले दिने वा परिवारले जोहो गर्ने अझै निर्क्योल भएको छैन । अधिकारकर्मीले भने सरकारले नव्यहोरे जनताबाटै उठाएर भए पनि उपचार खर्च जुटाउने बताएका छन् ।

पन्त परिवारलाई सरकारले राहत दिने भने पनि उनीहरूले अहिलेसम्म केही लिएका छैनन् । अपराधी पत्ता नलगाएसम्म राहत नलिने उनीहरूको अडान छ । 



यज्ञराजको उपचार खर्च कसले व्यहोर्ने भन्नेमा भने सरकारले केही बोलेको छैन । 



  • प्रकाशित मिति : मंसिर ९, २०७५ आइतबार २०:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया