स्वास्थ्यमन्त्रीले आफू पढेकै विद्यालयबाट सुरु गरे मोडर्ना खोप अभियान

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफुले पढेको विद्यालयबाटै कोरोनाविरुद्धको मोडर्ना खोप अभियानको सुरुवात गरेका छन् । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट कोरोना विरुद्धको मोडर्ना खोप लगाउने अभियानको सुरुवात गरेका हुन् ।  

मन्त्री खतिवडाको उपस्थितिमा विद्यालयका छात्र संगम खत्री र छात्रा विनिता कुमारीलाई पहिलो मोडर्ना खोप लगाइएको छ । योसँगै देशभर मोडर्ना  खोप अभियान सुरु भएको हो । 

आजबाट देशभरका ५७ वटा जिल्लामा एकसाथ मोडर्ना खोप लगाउने अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए । केही दिनभित्रैमा ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 

१४ गतेसम्म चल्ने अभियानमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गेतसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयको योजना रहेको छ ।  

कोरोनाविरुद्धको खोप प्रयाप्त रहेको भएपनि खोप लगाउने मानिस नआउने गरेको उनको गुनासो छ । खोप लगाउने विषयमा बालबालिकाले समेत आफ्ना अभिभावकलाई बाध्य पार्नुपर्ने मन्त्री खतिवडाको धारणा छ । 

खोपले कुनै प्रकारको हानी नगर्ने भन्दै आफुले खोप लगाएपछि घरमा गएर अरूलाई पनि खोप लगाउन बाध्य पार्ने परिस्थिति सिर्जना गर्न बालबालिकासँग मन्त्री खतिवडाले आग्रह गरे ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १६:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया