गायक विनोद विश्वको गीति एल्बम 'पाइला' सार्वजनिक

नव गायक विनोद विश्वको गीती एल्बम 'पाइला' सार्वजनिक गरिएको छ । ६ वटा गीत समावेश गरिएको उक्त गीति एल्बममा संगीतकार सुनिल राई र मनिकुमार वान्तबाको संगीत रहेको छ ।  

एल्बममा समावेश ६ मध्ये ५ गीतमा सुनिलको संगीत छ भने एक गीतमा वान्तवाले संगीत भरेका छन् । एल्बममा समावेश गीतमा वीरेन लिङ्देन, अन्जु श्रेष्ठ, दीपा मेवाहाङ र सारदा राईले शब्द रचना गरेका छन् ।  

गीतमा गायक विश्वसँगै श्रेया राई, अन्जु पन्त, अमृता लिम्बु लगायतको स्वर छ । यस्तै एक गीतको म्युजिक भिडियो समेत निर्माण भइसकेको छ । नव गायक विश्व भुटानी शणनार्थी परिवारमा जन्मेका हुन् । गायक विश्व आफ्नो जीवन नै संगीत क्षेत्रमा सक्रिय बनाउने योजनासहित लागेका छन् ।

भिडियो





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १७:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया