सकियो कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना
फाइल तस्वीर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ । 

कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार भएको निर्वाचनमध्ये शनिबारदेखि शुरु भएको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना आइतबार साँझ सकिएको हो ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

अन्तिम परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी कांग्रेस केन्द्रीय निर्वाचन समितिले गरेको छ ।

गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सकिएको छ ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १९:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया