अब मेरो गुम्ने केही छैन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो जीवनमा धेरै कुरा गुम्नुका साथै लुटिएको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । 

‘मेरो जीवनमा धेरै कुरा गुमेका छन् र लुटिएका पनि । तर मेरो एउटा स्थाई ठाउँ छ सडक, अब मेरो गुम्ने केही छैन । त्यो सडक यती मजबुत छ जसले शिर झुक्न दिँदैन,’ भण्डारीले फेसबुकमा लेखेका छन् ।

उनी केही दिनअघि कांग्रेस उपसभापाति पदमा पराजित भएका थिए । भण्डारीले उपसभापति पदमा १५८० मत प्राप्त गरेका थिए । १४ औं महाधिवेशनमार्फत पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा विजयी भएका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार ९:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया