काठमाडौं– नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले झन्डै ३८ सय पदका लागि आवेदन माग गरेको छ। विभागले सोमबार ३ हजार ७ सय ८४ पदका लागि आवदेन आह्वान गरेको हो।
आवेदन माग गरिएका पदहरूमा लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स छन् । यी पदका लागि मुलुकका विभिन्न १४ स्थानबाट आवेदन दिन सकिनेछ।
नेपाली सेनाका जंगी अड्डा, इटहरी, धनकुटा, धनुषा, बारा, हेटौंडा, सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पोखरा, बाग्लुङ, रूपन्देही, नेपालगञ्ज, दाङ, सुर्खेत, जुम्ला र दीपायल कार्यालयमा भर्ना गरिनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।