एमसिसी परियाेजना अगाडि बढाउने दायित्व सरकारकाे हाे : मन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी परियोजनालाई अगाडि बढाउने नेपाल सरकारको दायित्व रहेको बताएका छन् ।
 
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आइपुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमसिसीको बारेमा जनतामा केही भ्रम रहेको बताए ।

उनले भने, ‘अमेरिकी सरकारले एमसिसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ, यसको अरू कुनै उद्देश्य छैन ।’

यसअघिका सरकारहरूकै पालामा यो परियोजनाका लागि प्रक्रियाहरू अगाडि बढाइएको र नेपालको विकासका लागि परियोजनासँग नेपाल सरकारले सम्झौता गरेकाले एमसिसी परियोजनालाई अगाडि बढाउनु सरकारको दायित्व रहेको खाँणको भनाइ छ ।

नेपाल सरकारलाई परियोजनाले विद्युतीकरण र विद्युतीकरणको परियोजना तथा सडक निर्माण परियोजनाका लागि निःशर्त अनुदान दिन लागेको जानकारी गराए । 

‘एमसिसीको परियोजना कुनै ऋणमा होइन, यो निःशर्त अनुदान हो, गठबन्धनका दलहरूको सहमतिकै आधारमा यो पारित हुन्छ’, उनले भने ।

खाँणले कुनै पनि प्रस्ताव अगाडि बढाउनुभन्दा पहिले सहमति र सहकार्य आवश्यक रहेकाले सरकार यसको तयारीमा लागेको समेत बताए ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार ११:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया