यस्तो प्रदेश २ मा कांग्रेस अधिवेशनको कार्यतालिका
फाइल तस्वीर

काँग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको प्रदेश स्तरिय निर्वाचनका लागि प्रदेश-२ को निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । 

कार्यतालिका अनुसार मंगलबार दिउँसो साढे १ बजे मतदाता नामावली प्रकाशन गरिएको छ भने मनोनयन पत्र दर्ताका लागि आजै दिउँसो साढे १ देखि साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ । 

त्यस्तै, मनोनयनपत्र माथि पर्ने दावी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दावी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको छ । 

दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए । 

मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुनेछ । समय बितिसकेको भए तापनि प्रांगणभित्र प्रवेश गरेकोहरुलाई मतदानबाट वञ्चित नगरिने निर्वाचन अधिकृत गौतमले बताए ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १४:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया