कांग्रेस बागमती प्रदेश खुला केन्द्रीय सदस्यमा केसी र रञ्जित निर्वाचित

नेपाली कांग्रेस केन्द्रीय बागमती प्रदेश खुला २ पदको लागि भएको निर्वाचनमा राजेन्द्रकुमार केसी र ध्यानगोविन्द रञ्जित निर्वाचित भएका छन् ।   

२ पदको लागि भएको निर्वाचनमा ६ जनाको उममेदवारी परेको थियो । रञ्जितले २४१९ मत पाए भने केसी २१२९ मत ल्याएर विजयी भए ।  

निर्वाचित दुईजनामध्ये रन्जित संस्थापन पक्षका उममेदवार हुन् । संस्थापनइतरबाट निर्वाचित केसी माओवादी अध्यक्ष प्रचण्डलाई सांसदमा पराजित गरेर चर्चाम आएका थिए । 

सोही पदका लागि उम्मेदवार बनेर पराजित भएका अन्य उम्मेदवारमा ध्रुवप्रसाद अधिकारीले २१११, रमेश धमलाले १६८४, निमाग्याल्जेन शेर्पाले ३७५, मनोज रानाले २४५ मत ल्याए । 

४६५८ मत खसेकोमा ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।    





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १९:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया