निर्वाचन प्रणाली कम खर्चिलो बनाउनु अपरिहार्य : मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो बन्दै गएकले आमसर्वसाधारण निर्वाचनमा उमेदवार बन्नसक्ने किसिमले कम खर्चिलो बनाउनु अपरिहार्य भएको बताएका छन् । 

नीति अनुसन्धान प्रतिष्ठानको आयोजना, निर्वाचन आयोगको संयोजकत्व एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा मंगलबार आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन सके लोकतन्त्र बलियो बन्ने बताए । निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने उनले बताए । 

आयोगको प्रभावकारिताका लागि साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले विद्यमान निर्वाचन प्रणालीलाई  सुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले समावेशी, समानुपातिक प्रतिनिधित्वले समाजको विपन्न तथा पिछडिएको वर्गले स्थान पाएको बताए । उनले भने, ‘विद्यामान निर्वाचन प्रणालीलाई समयसापेक्ष सुधार गर्न आवश्यक छ ।’

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा.विष्णुराज उप्रेतीले विद्यमान निर्वाचन प्रणाली सम्बन्धमा देखिएका समस्याबारे सुझाब संकलन गरी प्रतिष्ठानले सम्बन्धित निकायमा सिफारिस गर्ने बताए ।

पूर्वनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीलाई खर्चिलो बनाउनबाट रोक्नुपर्नेमा जोड दिँदै यसका लागि दल तथा आयोग दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे । 



कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेशसभा सदस्य, सरकारी अधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो ।



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार २१:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया