२५९८ निमावि शिक्षक भर्नाका लागि खुल्याे विज्ञापन, कुन विषयमा कति शिक्षक माग ?

शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।

माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएकाे एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकाे हाे ।

जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्वान भएकाे छ ।  त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि काेटा छुट्याइएकाे छ ।

६ माघसम्म नियमित र १० माघसम्म बिलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । परीक्षा १७ चैतमा हुनेछ।

 





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ८:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया