चीनमा भेटियाे डायनाेसाेरकाे भ्रुण, साढे ६ कराेड पुरानाे भ्रुण हुनसक्ने वैज्ञानिककाे अनुमान

वैज्ञानिकहरूले पूर्ण रूपमा संरक्षण गरिएको अन्डाबाट कोरल्न तयार पारिएको डायनोसरको भ्रुण फेला पारेको घोषणा गरेका छन् । सो भ्रुण कुखुराको भर्खरै कोरल्न लागिएको चल्लाजस्तो देखिएको बताइएको छ । 

दक्षिणी चीनको घानझोउमा सो भ्रुण फेला परेको हो । भ्रुण ६ करोड ६० लाख वर्षअघिको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । 

सो भ्रुण दाँतविहीन थेरोपोड डायनोसरको भएको विश्वास गरिएको छ र त्यसलाई बेबी यिङलियाङ नाम दिइएको छ । 

अनुसन्धानकर्ता डा. फिओन वाइसुम माले भने, ‘इतिहासमा नै अहिलेसम्मकै डायनोसरको राम्रो भ्रुण पत्ता लागेको छ । ’

पछिल्लो आविष्कारले अनुसन्धानकर्ताहरूलाई डायनोसर र आधुनिक चराहरूबीचको सम्बन्धको बृहत ज्ञान प्रदान गरेको छ । सो भ्रुण घुमाउरो अवस्थामा देखिएको जिवाश्मले देखाएको छ । चराहरुले अन्डा कोरल्नुअघि यस्तै घुमाउरो आकारा देखिन्छ । 

‘आधुनिक चराहरुमा पनि यस्तै स्वभाव देखिन्छ । उनीहरु डायनोसरको पुस्ताबाट उत्पत्ति भएको पुष्टि हुन्छ,’ डा. माले भने । 



‘फेला परेको भ्रुण डायनोसरको निकै अनौठो जीवाश्म हाे,’ अनुसन्धान समूहका सदस्यसमेत रहेका जीवाश्म विशेषज्ञ प्राध्यापक स्टेभ ब्रुसेटले ट्विट गरेका छन् । 

बेबी यिङलियाङ नाम दिइएको सो जीवाश्मको टाउकोदेखि पुच्छरसम्मको लम्बाइ १० दशमलब ६ इन्च छ । जिवाश्म हाल चीनको यिङलियाङ स्टोन नेचर हिस्टोरी म्युजियममा ६ दशमलब ७ इन्च लामो अन्डाभित्र छ । 



सो अन्डालाई सबैभन्दा पहिले सन् २००० मा फेला पारिएको थियो । अन्डालाई १० वर्षसम्म भन्डारण गरेर राखिएको थियो । 

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ९:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया