नेपाली कांग्रेस प्रदेश २ को जारी अधिवेशनअन्तर्गत आज हुने भनिएको निर्वाचन स्थगित भएको छ । जनकपुरधाममा भइरहेको प्रदेश अधिवेशनअन्तर्गत आज बुधबार दिउँसो १ बजेदेखि निर्वाचनको समय निर्धारण गरिएको थियो ।
प्राविधिक तयारी पूरा नभएकोले निर्वाचन बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।
उनले मतपत्र छपाइको काम पूरा हुन नसकेकोले निर्वाचन स्थगित गरिएको बताए । यसअघि निर्वाचन हुने वा नहुने विषयमा मतदानस्थलमा सभापतिका उम्मेदवारद्वय रामसरोज यादव र कृष्ण यादव पक्षका युवाहरुबीच कुटाकुटसमेत भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।