काेराेना संक्रमण बढेपछि चीनको सियान सहरमा लकडाउन

चीनको उत्तरी सहर सियानमा कोराेना संक्रमण बढेपछि लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अपनाएको छ । 

सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ ।

बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्यमात्र आवश्यक सामग्री किन्न पसल जान पाउनेछन् । आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् ।

सरकारले सियानका सबै नागरिकको कोराेना परीक्षण गर्ने भएको छ ।
 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ११:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया