मंगल ग्रहमा के गर्दैछ ‘इन्साइट ल्याण्डर’

एजेन्सी –मंगल ग्रहको बारेमा विस्तृत अध्ययन गर्न नासाले मंगलबार पठाएको इन्साइट ल्याण्डर सफलतापूर्वक अवतरण भएको छ । यसको बारेमा विस्तृत अध्ययन गर्न नासाले करीब सात महिना पहिला यो यान पृथ्वीबाट पठाएको थियो । 

३० करोड माइल अर्थात ४५.८ करोड किलोमिटरको दुरी पार गरेर इन्साइट ल्याण्डर सोमबार मंगल ग्रहको भुमध्य रेखा नजिकै एलिसियम प्लानिशिया नामक सपाट मैदानमा अवतरण गरेको हो । 

यसको उद्देश्य जमिनको भित्र रहेको रहस्य पत्ता लगाउनु रहेको छ । यो अन्तरिक्ष यानले अरबौ वर्षदेखिको रहस्य पत्ता लगाउने विश्वास वैज्ञानिकहरुको छ । 

मंगल ग्रहबाट इन्साइटले काम गर्न तयार रहेको जानकारी नासालाई दिएको छ । घामको किरणसँगै सोलार प्यानल फैलाएर यानले चार्ज गरिरहेको छ । 

नासाका इन्साइट प्रोजेक्ट म्यानेजर टम हफम्यानले ब्याट्री रिचार्ज गरेपछि अव इन्साइटले आरामसँग आफ्नो काम गर्ने सक्ने बताएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १४:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया