कांग्रेस प्रदेश २ अधिवेशन : अहिलेसम्म ९७७ मत खस्यो
फाइल तस्वीर

नेपाली कांग्रेसको प्रदेश २ कार्यसमिति चयन गर्न जारी मतदानमा हालसम्म ९७७ मत खसिसकेको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान करिव साढे ९ बजेदेखि जारी निर्वाचनमा अहिलेसम्म सो संख्यामा मत खसेको हो । 

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्णप्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच प्रतिस्पर्धा भइरहेको छ । 

मतदानमा १ हजार ९८० जना प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया