यस्तो बन्यो देउवा टिम

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सकिएको छ । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको नेतृत्वमा उनीसहित १३ जनाको पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य गरी १३४ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

देउवाको नेतृत्वमा कांग्रेस केन्द्रीय समिति बनेको यो दोस्रोपटक हो । उनलाई कांग्रेसको नेतृत्वबाट हटाउन प्रयास नभएको होइन । तर, पनि कांग्रेसको नेतृत्व गर्ने अवसर जुर्यो नै । कारण– सभापतिको दोस्रो चरणमा सभापतिका प्रतिस्पर्धीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङको सहयोग देउवाले पाए । 

यसरी तीन प्रतिस्पर्धीको साथले देउवा निर्वाचित भएको ९ दिनसम्ममा १२ पदाधिकारीसहित १२१ सदस्य पनि निर्वाचित भए ।​

पदाधिकारी – १३
१) सभापति – शेरबहादुर देउवा
२) उपसभाति – पूर्णबहादुर खड्का
३) उपसभापति – धनराज गुरुङ
४) महामन्त्री – गगनकुमार थापा
५) महामन्त्री -विश्वप्रकाश शर्मा 
६) सहमहामन्त्री – भीष्मराज आङदेम्बे (आदिवासी जनजाति)
७) सहमहामन्त्री – जीवन परियार ( दलित)
८) सहमहामन्त्री – महालक्ष्मी उपाध्याय ‘डिना’ (महिला)
९) सहमहामन्त्री – बद्री पाण्डे (पिछडिएको क्षेत्र)
१०) सहमहामन्त्री – उमाकान्त चौधरी (थारु)
 ११) सहमहामन्त्री – महेन्द्र यादव (मधेसी)
 १२) सहमहामन्त्री –  किशोरसिंह राठौर (खस–आर्य)
 १३) सहमहामन्त्री – फरमुल्लाह मन्सुर (मुस्लिम) 

खुला केन्द्रीय सदस्य (३५) 
१४) डा. शशांक कोइराला
१५) एनपी साउद
१६) बालकृष्ण खाण
१७) उदयशम्शेर राणा
१८) रामहरि खतिवडा
१९) ज्ञानेन्द्रबहादुर कार्की
२०) रमेश लेखक
२१) शंकर भण्डारी
२२) जिपछिरिङ लामा (शेर्पा)
२३) अर्जुन नरसिंह केसी
२४) जितजंग बस्नेत 
२५) गोपालमान श्रेष्ठ
२६) मोहनबहादुर बस्नेत 
२७) सुनीलबहादुर थापा
२८) नैनसिंह महर
२९) दिलेन्द्रप्रसाद बडु
३०) डा. रामशरण महत
३१) बलबहादुर केसी
३२) गोविन्द भट्टराई
३३) कुन्दनराज काफ्ले
३४) दीपक गिरी 
३५) सुरेन्द्रराज पाण्डे
३६) पद्मानारायण चौधरी
३७) राजीव ढुंगाना
३८) गुरुराज घिमिरे
३९) सञ्जयकुमार गौतम
४०) प्रा.डा. गोविन्दराज पोखरेल
४१) मदनबहादुर अमात्य
४२) अजयबाबु शिवाकोटी
४३) गणेश लामा
४४) दिनेश कोइराला
४५) उमेशजंग रायमाझी
४६) ई. मोहन आचार्य
४७) डा. गोपाल दहित
४८) कृष्णकिशोर घिमिरे

खुला महिला सदस्य (९)
४९) डा. डिला संग्रौला (पन्त) 
५०) पुष्पा भुसाल 
५१) डा. आरजु राणा देउवा 
५२) अम्बिका बस्नेत 
५३) ईश्वरी न्यौपाने
५४) सरिता प्रसाई
५५) रमा कोइराला पौडेल
५६) सुशीला ढकाल आचार्य
५७) रंगमती शाही 



अपांगता भएका (खुल्ला) १ 
५८) मदनकृष्ण श्रेष्ठ

अल्पसंख्यक (खुल्ला) 
५९) प्रदीपकुमार सुनुवार



प्रदेशबाट केन्द्रीय सदस्य (२१ जना)

प्रदेश १
६०) अमृत अर्याल
६१) राजीव कोइराला
६२) महेन्द्रकुमारी लिम्बू (महिला)

प्रदेश २ 
६३) रमेश रिजाल
६४) आनन्दप्रसाद ढुंगाना
६५) चित्रलेखा यादव 

बागमती
६६) उर्मिला नेपाल केसी
६७) ध्यानगोविन्द रञ्जित
६८) राजेन्द्रकुमार केसी (राजन)

गण्डकी 
६९) सरस्वती अर्याल तिवारी
७०) कृष्णचन्द्र नेपाली पोखरेल 
७१) ध्रव वाग्ले

लुम्बिनी 
७२) देवेन्द्रराज कँडेल
७३) चन्द्रबहादुर केसी
७४) शीला शर्मा खड्का (महिला)

कर्णाली
७५) महिला जानकी सिंह
७६) राजीव विक्रम शाह
७७) कर्णबहादुर बुढा 

सुदूरपश्चिम 
७८) महिला – सुशीला मिश्र भट्ट
७९) डा. रणबहादुर रावल
८०) यज्ञराज जोशी

मधेसी खुला ५ 
८१) अजय चौरसिया
८२) विनोद चौधरी
८३) चन्द्रमोहन यादव
८४) महेन्द्रकुमार राय
८५ दिनेशकुमार यादव

मधेसी महिला (४)
८६) मुक्ताकुमारी यादव
८७) मिनाक्षी झा
८८) मञ्जुकुमारी यादव
८९) नागिना यादव​

मुस्लिम खुला २
९०) अब्दुल रज्जाक
९१) अब्दुल सतार

मुस्लिम महिला १
९२)जाबेदा खातुन जागा

थारु महिला दुई पद
९३) कल्पना चौधरी
९४) जीवन राना

थारु खुल्ला दुई पद
९५) राम जनम चौधरी
९६) योगेन्द्र चौधरी

दलित (खुला) (५)
९७) मानबहादुर नेपाली 
९८) प्रकाश रसाईली स्नेही
९९) नृपबहादुर वड,
१००) हरिशरण नेपाली
१०१) मैकुलाल वाल्मिकी

दलित महिला (४) 
१०२) लक्ष्मी परियार
१०३) सुजाता परियार 
१०४) शान्ति परियार
१०५) रुपा विश्वकर्मा

पिछडिएको क्षेत्र 
१०६) अर्जुनजंग बहादुर सिंह

खस–आर्य (खुला) ७
१०७) केशवकुमार बुढाथोकी
१०८) गोविन्दबहादुर शाह
१०९) भीम पराजुली
११०) मधु आचार्य
१११) श्यामकुमार घिमिरे
११२) नारायणबहादुर कार्की
११३) गेहेन्द्र गिरी

खस आर्य (महिला)
११४) मञ्जु खाण
११५) नानू बास्तोला
११६) प्रतिमा गौतम
११७) चम्पादेवी खड्का
११८) कान्तिका सेजुवाल
११९) विद्या तिमल्सिना

आदिवासी जनजाति (खुला)
१२०) चीनकाजी श्रेष्ठ
१२१) उमेश श्रेष्ठ
१२२) बहादुरसिंह लामा
१२३) दिलमान पाख्रिन
१२४) टेकबहादुर गुरुङ
१२५) आङगेलु शेर्पा
१२६) तारामान गुरुङ
१२७) टेकप्रसाद गुरुङ

आदिवासी जनजाति महिला
१२८) सीता गुरुङ
१२९) अन्जनी श्रेष्ठ
१३०) सरस्वती बजीमय
१३१ गंगा लक्ष्मी
१३२) माया राई
१३३) सीता राना
१३४) सुशीला थिङ 

३३ जना मनोनीत हुन बाँकी 

कांग्रेसको विधानअनुसार निर्वाचित हुनुपर्ने १३४ जना हो । अब ३३ जना मनोनित गर्नुपर्ने हुन्छ । त्यसो गर्दा कांग्रेस केन्द्रीय समिति १६७ सदस्यीय हुनेछ । 

तर, केन्द्रीय सदस्यमा मनोनीत हुनका लागि कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्नेछ ।

मनोनीत गर्दा कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । समावेशी सिद्धान्त र अपागता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ । 


  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार २०:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया