नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आज शुक्रबार ज्योति विकास बैंकको ११ प्रतिशत, एनएमबी लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत सेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि ज्योतिको सेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबीको १ हजार ५३ रुपैयाँ ५० पैसा र सूर्याको ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा ज्योतिको सेयर प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा, एनएमबिको १ हजार २८० रुपैयाँ र सूर्याको ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार दोस्रो बजारमा यी कम्पनीहरूको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १०:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया