सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा

सिद्धार्थ बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ । सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा बैंकले १४. २५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली संशोधन हुने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने लगायतका एजेण्डा छन् ।

बैंकले सभा तथा लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा गते एकदिन बुकक्लोज गर्नेछ । यसअनुसार १७ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ११:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया