२०० कानुन तत्कालन संशोधन गर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाझिएका कानुन तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । 

राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको  ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धानसम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उनले २०० कानुन संविधानसँग बाझिएकाले तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘संविधानसँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ, २०० कानुन संविधानसँग बाझिएका छन्, छिटोभन्दा छिटो संसद्मा आओस्,’ सभामुख महराले भने । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधानअनुसार बनेका नयाँ १२४ र पुराना ३३९ कानुन नयाँ संविधानअनुसार संशोधन गर्नु जरुरी भएको बताए । उनले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानुन प्रभावकारी भए/नभएको अध्ययन गर्नुपर्ने उनको मत छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समयअनुसार कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानुन लागू गर्ने र अप्ठ्यारो परेर दबाब आए मात्रै संशोधन गर्ने चलन सही नभएको बताए । 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा कानुन १८–२० चरण प्रक्रिया पार गरेर बनाउनुपर्ने हुँदा कानुन बनाउनुपूर्व नै समाजमा त्यो कानुन उपयुक्त वा समायाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताए । 





  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १७:१७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया