नेपालमा थपिए २६० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा २६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९६ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएसँगै यसबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १५:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया