वैदेशिक व्यापार घाटा निरन्तर उकालो लाग्दै : १२३ देशसँग घाटा, २१ देशसँग मात्र नाफा

नेपालको वैदेशिक व्यापार घाटा प्रत्येक वर्ष बढ्दो छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा मात्र नेपालको कूल वैदेशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज, कात्तिक र मंसिर महिनामा नेपालले उक्त घाटा व्यहोरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालको कूल वैदेशिक व्यापार घाटा मात्र ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख ३४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको सुरुवाती पाँच महिनामा वैदेशिक व्यापार घाटा ५४.७० प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा विभिन्न देशबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सोही अवधिमा नेपालले भने मात्र १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो पाँच महिनामा नेपालले विश्वका १४४ देशसँग व्यापार गरेको छ । तीमध्ये १२३ देशसँग नेपालको व्यापार घाटा रहेको छ भने मात्र २१ देशसँग व्यापार नाफामा रहेको छ ।

कुन देशसँग कति व्यापार घाटा



नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । भारतपछि ठूलो व्यापार घाटा क्रमशः चीन, इन्डोनेसिया, अर्जेन्टिना, युनाइटेड अरब इमिरेट्स (युएई), अष्ट्रेलिया, अमेरिका, युक्रेन, मलेसिया, बंगलादेश, स्वीट्जरल्याण्ड र टर्कीसँग रहेको छ ।

नेपालले पछिल्लो पाँच महिनामा भारतसँग मात्र ४ खर्ब १५ अर्ब ८८ करोड ४९ लाख १ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । सो अवधिमा भारतबाट नेपालमा ५ खर्ब ३ करोड ९२ लाख ६४ हजार रुपैयाँको वस्तु आएको छ भने नेपालबाट ८४ अर्ब १५ करोड ४३ लाख ६३ हजार रुपैयाँको वस्तु गएको छ ।



नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । बितेको पाँच महिनामा नेपालले चीनसँग १ खर्ब २१ अर्ब ८१ करोड ७१ लाख ४६ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । उक्त समयमा चीनबाट नेपालमा १ खर्ब २२ अर्ब १९ करोड ८७ लाख ७० हजार रुपैयाँको वस्तु आएको थियो भने नेपालबाट चीनमा ३८ करोड १६ लाख २४ हजार रुपैयाँको वस्तु गएको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा इन्डोनेसियाबाट नेपालमा २९ अर्ब ४८ करोड १७ लाख ८१ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सोही अवधिमा नेपालबाट मात्र १ करोड ७१ लाख ५५ हजारको वस्तु इन्डोनेसिया निर्यात भएको छ । यस अवधिमा इन्डोनेसियासँग नेपालको व्यापार घाटा २९ अर्ब ४६ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

नेपालको चौथो ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको छ । अर्जेन्टिनासँग पछिल्लो पाँच महिनामा नेपालले २४ अर्ब ५७ करोड ६७ लाख ३४ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । उक्त अवधिमा अर्जेन्टिनाबाट नेपालमा २४ अर्ब ५७ करोड ७९ लाख १३ हजार रुपैयाँ वस्तु भित्रिएको छ भने नेपालबाट अर्जेन्टिना ११ लाख ७८ हजार रुपैयाँको वस्तु गएको छ ।

नेपालको पाँचौं ठूलो व्यापार घाटा युएईसँग रहेको छ । पछिल्ले पाँच महिनामा नेपालले युएईसँग २२ अर्ब ८५ करोड ९४ लाख ९ हजार रुपैयाँ व्यापार घाटा व्यहोरोको छ । सो अवधिमा युएईबाट नेपालमा २३ अर्ब ५ करोड ५ लाख ६ हजार रुपैयाँको वस्तु आएको छ भने नेपालले युएईमा १९ करोड १० लाख ९७ हजार रुपैयाँको वस्तु पठाएको छ ।

यस्तै, सो अवधिमा नेपालको व्यापार घाटा अष्ट्रेलियासँग १२ अर्ब ४१ करोड २३ लाख ६५ हजार रुपैयाँ, अमेरिकासँग ११ अर्ब ५५ करोड २ लाख ६२ हजार रुपैयाँ, युक्रेनसँग ९ अर्ब ५४ करोड ३ लाख ३६ हजार रुपैयाँ, मलेसियासँग ८ अर्ब ९७ करोड ९७ लाख १३ हजार रुपैयाँ, बंगलादेशसँग ६ अर्ब ६९ करोड ८८ लाख १५ हजार रुपैयाँ, स्वीट्जरल्याण्डसँग ६ अर्ब १७ करोड ४ लाख ६९ हजार रुपैयाँ र टर्कीसँग ५ अर्ब ५३ करोड ९१ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

नेपालको व्यापार घाटा रहेका अन्य देशमा थाइल्याण्ड, ब्राजिल, पराग्वे, क्यानडा, दक्षिण कोरिया, भियतनाम, रुस, जापान, साउदी अरेबिया, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, ताइवान, म्यानमार, जर्मनी, बेल्जियम, इटाली, फ्रान्स, नेदरल्याण्ड्स, बहराइन, न्युजल्याण्ड, इजरायल, कतार, भुटान, पोल्याण्ड, चेक रिपब्लिक, फिलिपिन्स, स्पेन, पाकिस्तान, आयरल्याण्ड, मेक्सिको र श्रीलंका रहेका छन् ।

लिथुवानिया, स्लोभाकिया, कुवेत, भुनेजुयला, इजिप्ट, नर्वे, माल्दोभा,मोजाम्बीक, बेलायत, ग्वाटेमाला, अष्ट्रीया, हंगेरी, चिली, फिनल्याण्ड, सुडान, तान्जानिया, ओमान, मलावी, गाबोन, केन्या, लाइबेरिया, कजाकास्तान, बुल्गेरिया, पोर्चुगल, नाइजेरिया, सर्विया, मंगोलिया, ग्रिस, जोर्डन, डोमेनिकन रिपब्लिक, कोस्टारिका, पेरु, उरुग्वे, उज्वेकिस्तान, एन्डोरा, युगाण्डा, लक्जेम्वर्ग, स्वाजील्याण्ड, बेलारुससँग पनि नेपालको व्यापार घाटा रहेको छ ।

यस्तै, नेपालले व्यापार घाटा व्यहोरोको अन्य देशमा लातभिया, साइप्रस, मादागास्कर, रोमानिया, इथोपिया, नाइजर, टिउनेसिया, स्लोभेनिया, इस्टोनिया, निकारागुवा, इराक, लेबनान, सर्विया, कंगो, क्यामरुन, इस्ट टिमोर, सियरा लियोन, बेलिज, क्रोएसिया, मोरक्को, बोस्निया एण्ड हर्जगोभिना, पानामा, होण्डुरस, कोलम्बीया, सोमालिया, ब्रुनाई, एल साल्भाडोर, गुयना बिसाउ, इरान, नामिबिया र बोलिभिया रहको छन् ।

यी हुन् व्यापार नाफा भएका देश

नेपालले पछिल्लो पाँच महिनामा व्यापार गरेको १४४ देशमध्ये मात्र २१ वटासँग व्यापार नाफामा रहेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालको सबैभन्दा ठूलो व्यापार नाफा डेनमार्कसँग रहेको छ । त्यसपछि क्रमसः अल्जेरिया, न्यु क्यालेडोनिया, स्वीडेन, माल्टा, यमन, अफगानिस्तान, ट्रिनीडाड एण्ड टोबागो, जाम्बीया, जर्जिया, माल्दिभ्स, अरमेनिया, अजरवैजान र मोनाकोसँग रहेको छ ।

बितेको पाँच महिनामा नेपालको डेनमार्कसँग व्यापार नाफा ८ करोड २२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालबाट डेनमार्कमा ३५ करोड ३६ लाख ५१ हजार रुपैयाँको वस्तुहरु गएको छ भने डेनमार्कबाट २७ करोड १३ लाख ६७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको व्यापार नाफा अल्जेरियासँग ६ करोड ४६ लाख ८० हजार रुपैयाँ, न्यु क्लोडोनियासँग २ करोड २३ लाख १६ हजार रुपैयाँ, स्वीडेनसँग १ करोड ८३ लाख ७३ हजार रुपैयाँ, माल्टासँग ८१ लाख ७४ हजार रुपैयाँ, यमनसँग ७९ लाख ४७ हजार रुपैयाँ र अफगानिस्तानसँग ४३ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

यस्तै, ट्रिनिडाड एण्ड टोबागोसँग २९ लाख ८२ हजार रुपैयाँ, जाम्बीयासँग २६ लाख १ हजार रुपैयाँ, जर्जियासँग २० लाख २५ हजार रुपैयाँ, माल्दिभ्ससँग १५ लाख २४ हजार रुपैयाँ, अरमेनियासँग १५ लाख ९ हजार रुपैयाँ, अजरवैजानसँग १२ लाख १ हजार रुपैयाँ, मोनाकोसँग ९ लाख ६ हजार रुपैयाँ, सेन्ट्रल अफ्रिकन रिपब्लिकसँग ८ लाख २७ हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको विभागले जनाएको छ ।

इक्वेडर, मौरिसस, आइसल्याण्ड, घाना, सेन्ट हेलेना र बर्मुडासँग पनि पछिल्लो पाँच महिनामा नेपालको व्यापार नाफा रहेको छ ।

व्यापार घाटा निरन्तर बढ्दो

नेपालको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा नेपालको कूल वैदैशिक व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको कूल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख  ८७ हजार रुपैयाँ रहेको थियो । सो वर्ष नेपालले बिभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तु आयात गरेको थियो भने १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा नेपालको व्यापार घाटा २७.२६ प्रतिशतले वृद्धि भएको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालले १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । कोरोना महामारीका कारण यो वर्ष व्यापार घाटा कम भएको थियो । सो वर्ष विभिन्न देशबाट नेपालमा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको वस्तु भित्रिएका थिए । उक्त वर्ष नेपालले ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको वस्तुहरु निर्यात गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको थियो । उक्त वर्ष बिभिन्न देशबाट १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो भने नेपालबाट ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको वस्तु विदेशमा गएको थियो ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १७:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया