मेरो आइडल सौगात मल्ल

कुनै दिन फिल्मी दुनियाँमा आउँछु र यसैमा आफ्नो भाग्य खोज्छु भनेर सोचेको पनि थिइनँ । तर, साहित्य र कलामा रुची भने म सानैदेखि राख्थेँ । 

पछि कलेज पढ्दा मैले धेरै नाटक हेर्ने अवसर पाएँ । कोर्सबुकमा पनि धेरै नाटक समावेश थिए । कोर्स बुकमा भएका नाटक बुझ्न सजिलो होस् भनेर हामीलाई नाटक देखाउन नाटक घरमा लगिन्थ्यो । 

त्यसपछि मेरो नाटकप्रतिको मोह एकाएक बढ्न थाल्यो । कलेजबाहेक पनि म नाटक हेर्न जान थालेँ । तर, त्यतिवेलासम्म पनि मैले कुनै दिन नाटक सिक्छु भन्ने सोच बनाइसकेको थिइनँ । एउटा अडियन्सको हैसियतले मात्र म नाटक हेरिरहेको थिएँ । तर, कहिलेकाहीँ मात्र नाटक हेर्ने बानी पछि प्रायजसो हुन थाल्यो । थाहा नपाउँदा–नपाउँदै मलाई नाटक गर्ने मोहले छोइसकेको पत्तै भएन । 

बिस्तारै नाटक हेर्दै जाँदा नाटकप्रतिको मोह यति बढ्दै गयो कि म पनि यही क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्यो र नाटकमा केही गर्ने सोच बनाएर तत्कालीन समयको प्रख्यात नाट्यशाला गुरुकुलमा भर्ना भए । 

त्यहाँ मैले आदरणीय दाइ सौगात मल्ललाई भेटेँ । म त्यस दुनियाँमा प्रवेश गर्नुपुर्व नै उहाँ नाट्यजगत्मा स्थापित भइसक्नुभएको थियो । उनको नाटक उनलाई भेट्नुपूर्व नै हेर्ने मौका पाएको थिएँ । म पहिल्यैदेखि नै उनको अनुयायी भइसकेको थिएँ । 

अभिनयको जगत्मा यात्रा सुरु भएपछि मेरो हुर्काइ–बढाइ सौगात मल्लसँग भयो । म उनको छत्रछायामा हुर्किएँ । गुरुकुलमा नाटक प्रशिक्षण अवधिभर मैले दाइसँग सिक्ने मौका पाएँ । र, त्यस अवधिमा मैले वहाँबाट धेरै कुरा सिक्न पनि पाएँ । मैले दाइको काम र अभिनयलाई धेरै नजिकबाट हेर्ने मौका पनि पाएँ । 



उनको काम गराइ र अभिनयप्रतिको उनको लगाव देखेर म मोहित भएँ । मलाई उनको सबैभन्दा मन पर्ने स्वभाव भनौँ वा विशेषता भनौँ त्यो उनको भर्सटायलिटी हो । उनलाई जस्तोसुकै भूमिका दिइए पनि उनी त्यसलाई बडो सुन्दर र न्याय गर्न सक्थेँ । 

उनलाई देख्दा मलाई सधैँ लाग्थ्यो, एउटा मान्छेले मिहिनेत गर्याे भने जस्तो जे पनि गर्न सक्दो रहेछ । 



आफूले सौगात मल्ललाई आइडल मान्दै गर्दा उहाँसँग निकट भविष्यमा काम गर्न पाइएला भनेर सोचेको भने थिइनँ । त्यतिवेला उहाँसँग रंगमञ्च सेयर गर्न पाउनु मेरो लागि धेरै ठूलो कुरा थियो । त्यसो त आज पनि त्यस्तै लाग्छ ।

अहिले त सौगात मल्ल मेरो जीवनको अभिन्न अंगजस्तै भसक्नुभयो । उहाँ मेरा लागि आइडल मात्र नभएर एक असल दाइ र अभिभावक पनि हुनुहुन्छ ।  
त्यसकारण म आफ्नो आइडल सौगात मल्ललाई मान्छु । 

  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १८:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया