सन्तबहादुर बने चेपाङ समुदायकै पहिलो मन्त्री, को हुन् उनी ?
फरकधार / ९ पुस, २०७८

बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बनेका छ्न् । 



चेपाङलाई संसदीय दल नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका चेपाङ मकवानपुरकै विकट क्षेत्र काँकडामा जन्मेका हुन् । 

चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ एमालेबाट संविधानसभा सदस्य भएका थिए । चेपाङ आफ्नो समुदायबाट पहिलो मन्त्री बनेका हुन् । उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छ्न् । 



को हुन् उनी

मकवानपुरको काँकडामा जन्मिएका सन्त चेपाङ २०४८ सालदेखि निरन्तर राजनीतिमा लाग्दै आएका छन् । 

२०४८ सालमा काँकडा गाउँ इकाई सदस्य भएका थिए । २०५३ सालमा वडा सभापति भए । २०५४ सालको स्थानीय चुनावको प्रचारप्रसार संयोजक हुँदा नेकपा एमालेबाट निर्घात यातना खेपे । 

२०५६ सालमा नेपाल तरुण दलको काँकडा वडा ईकाइ सभापति बने भने २०५९ सालमा तत्कालीन पार्टी विभाजनमा काँकडा गाउँ इकाई सभापति भए । २०५९ सालमा पार्टी एकीकृतपछि गाउँ ईकाइ सचिव भएका थिए । 

त्यस्तै, २०६२ सालदेखि २०६७ सालसम्म पार्टीबाट सर्वदलीय संयोजक बनेका उनी २०६४ सालमा पहिला संविधानसभाको निर्वाचन प्रचारप्रसार गर्दा नेकपा माओवादीबाट निर्घात कुटिनुका साथै यातनासमेत खेपेका थिए । 

मकवानपुर जिल्लाको नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ प्रत्यासी सभापति थिए ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १९:४५:५९,   अन्तिम अपडेट : पुस ९, २०७८ शुक्रबार १९:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया