भावी प्रधानन्यायाधीश : जोशी फेरि सिफारिसमा

काठमाडौं– न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि वरिष्ठताका आधारमा सर्वोच्च अदालतका दुई न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ । 

न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानाए । 

संवैधानिक परिषद्को बैठक बसी संसदीय सुनुवाइ समितिमा नाम पठाएपछि समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आगामी पुसमा उमेरहदका कारण अवकाश हुने भएकाले परिषद्ले भावी प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरी पठाएको हो ।

न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि अस्वीकार गरेको थियो ।





  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार २०:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया