नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खर सकिएको पार्टीको १४ औं महाधिवेशनमा आफूलाई भोट नदिनेलाई पनि समेटेर अगाडि बढ्ने बताएका छन् ।
उनले पार्टी सन्चालनका लागि सबैको भावना आफूले समेट्ने बताएका हुन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टी कार्यालयमा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा आफूलाई विश्वास गरेर निर्वाचित गराउनेहरुलाई पनि धन्यवाद दिएका छन् ।
‘अब सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउँछु,’ उनले भनेका छन्, ‘पार्टी सभापति भएर काम गर्नेछु । यसमा सबैको साथ र सहयोग हुन्छ भन्ने अपेक्षा गरेको छु ।’
देउवा १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनबाट सभापतिमा निर्वाचित भएका हुन् । उनीसँग सभापतिको प्रतिस्पर्धामा शेखर कोइराला थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।