निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्खयामन्त्री विरोध खतिवडाले संकटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।

करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहेको उनको भनाइ थियो । 

एमालेले नीति निर्माण गर्नुपर्ने जनप्रतिनिधिमूलक थलो संसद्मा गतिरोध उत्पन्न गरी भत्तालगायत अन्य सुविधा लिने गरेको जिकिर गरे । भेलामा श्याम गिरीको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार २०:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया