युरोपियन च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, रियल मड्रिड र युभेन्टस् अन्तिम १६ मा

एजेन्सी– युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । त्यसैगरी, स्पेनी क्लब रियल मड्रिड र इटालीयन क्लब युभेन्टस पनि अन्तिम १६ पुगेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ई’ बाट बायर्न म्युनिख र अजाक्सले अन्तिम १६ मा स्थान बनाएका छन् । मंगलबार राति बायर्नले बेन्फिकालाई ५–१ को भारी गोलअन्तरले हराएको छ । उसका लागि अर्जेन रोबेन र लेवान्डोस्कीले समान दुई गोल गरे । बार्यनका लागि थप गोल रिबेरीले ७६औं मिनेटमा गरेका थिए ।

समूच ‘इ’ बाट बायर्नले पाँच खेलबाट १३ अंक अजाक्सले ११ अंक जोड्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

समूह ‘एफ’ को खेलमा सिटीले लियोनसँग २–२ को बराबरी खेल्यो । बराबरीसँगै सिटीले अन्तिम १६ मा स्थान पक्का गरेको हो । यी दुई टोलबीचको खेलमा पहिलो हाफमा कुनै गोल भएन ।  खेलको ५५औं मिनेटमा लियोनका लागि कोर्नेटले गोल गरेका हुन् । तर, त्यसको सात मिनेटपछि सिटीका लागि कोर्नेटले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

खेलको ८१औं मिनेटमा लियोनले पुनः अग्रता लियो । लियोनका कोर्नेटले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । तर ८३औं मिनेटमा सिटीका सर्जियो अग्युइरोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । 



सिटीको अहिलेसम्म ५ खेलबाट १० अंक छ । दोस्रो स्थानको लियोनको ७ अंक छ भने तेस्रो स्थानको सख्तर ५ अंक र होफोनहेमले ३ अंक जोडेको छ । अब लियोन र सख्तर मध्ये एक टिम अन्तिम १६ मा पुग्नेछन् ।

समूह ‘जी’ बाट रियल मड्रिड र रोमाले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह खेलमा रियलले रोमालाई २–० गोलले हरायो । रियलका लागि गारेथ बेलले ४७औं मिनेटमा पहिलो गोल गरेका हुन् । रियलका लागि दोस्रो गोल भाज्क्युले ५९औं मिनेटमा गरेका हुन् । 



लिगको अन्तिम खेलअघि रियलले १२ अंक जोडेको छ भने ९ अंक जोडेको रोमा दोस्रो स्थानमा छ । समान ४ अंक जोडेका सिएसकेए मस्को र भिक्टोरिया प्लजेन भने लिगबाट बाहिरिएका छन् ।

त्यसैगरी, समूह ‘एच’ को खेलमा म्यानचेस्टर युनाइटेडले योङ व्वायजलाई १–० ले पाखा लगायो । म्यानचेस्टरका लागि फेलानीले गोल गरेका हुन् । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । 

समूह ‘एच’ को अर्को खेलमा इटालियन क्लब युभेन्ट्सले भ्यालेन्सियामाथि १–० को जित दर्ता गरेको छ । युभेन्ट्सका लागि मारियो मान्जुकिकले खेलको ५९औं मिनेटमा गोल गरेका हुन् ।  

समूह ‘एच’मा युभेन्ट्स पाँच खेबलाट १२ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १० अंक छ । तेस्रो स्थानको भ्यालेन्सियाको ५ अंक छ । योङ ब्वाइजले भने १ अंक मात्र जोडेको छ । समूह ‘एच’ बाट युभेन्टस र म्यानचेस्टर युनाइटेडले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
 

  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार ११:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया