जब माओवादीको महाधिवेशनमा चिप्लिइन् राप्रपा महामन्त्री

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राप्रपा महामन्त्री कुन्ती शाही पटकपटक चिप्लिएकी छिन् । 

उनले एमाले महासचिव ईश्वर पोखरेल भनेर सम्बोधन गरिन् । एमाले महासचिव भने शंकर पोखरेल हुन् । यसपछि उनले अक्मकिँदै भनिन्, ‘ए ! शंकर पोखरेल ।’

यति मात्रै होइन, उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । जबकि कांग्रेसले कहिल्यै पार्टी नेतृत्वलाई अध्यक्ष भन्दैन । तर, महामन्त्रीले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई ‘अध्यक्ष’ भनिन् ।

त्यसअघि उनले भनेकी थिइन्, ‘माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डज्यू, अध्यक्ष पुष्पकमल दाहालज्यू ।’

यसपछि उनले फरक विचार बोक्ने पार्टी राप्रपा भन्दै युवालाई स्वदेशमै रोजगार दिलाउन माओवादी पार्टीलाई सोहीअनुसारको कार्यक्रम बनाउन आग्रह गरिन् ।
 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १६:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया