गठबन्धनको सरकार पूरा समयसम्म चल्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरेका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र) को ८ औँ महाधिवेशनमा बोल्दै उनले गठबन्धन कसैको विरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । प्रधानमन्त्री देउवाले आफूले निर्वाचनभन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए ।

‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैको विरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ, यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो' उनले भने ।

उनले गठबन्धन बीचै तोडिन्छ भनेर कसैलाई शंका नगर्न आग्रह गरे । 'म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु, ओलीजीलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे, आफूले त मिल्न पाइन्छ नि’ उनले भने ।

प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा संविधानसभाको चुनाव भएको स्मरण गरे ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १९:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया