माओवादी महाधिवेशन : केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दैै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने प्रस्ताव गरेका हुन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।  

पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत गर्दा गुरुङले पदाधिकारी समावेशी बनाइने जानकारी दिएका छन् । 

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ । सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १५:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया