माओवादीको समूहगत छलफल पेरिसडाँडादेखि पार्टी प्यालेससम्म

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ ।

प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि ए वान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ।  

समूहका संयोजक र ठाउँहरू

१. ज्येष्ठ कम्युनिस्ट मञ्च : एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३. सल्लाहकार परिषद : संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।



४, ५.  प्रदेश १ : दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७. प्रदेश २ : पारिजात हल, गणेश साह, यो पनि दुई भागमा 



८, ९. लुम्बिनी प्रदेश : चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर 

१०, ११. गण्डकी प्रदेश : गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२. प्रवास समिति : लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल 

१३, १४. कर्णाली प्रदेश : विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा 

१५, १६. सुदूरपश्चिम : खगराज भट्ट 

१७, १८. केन्द्रीय विभागहरू : मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर । 

१९. विशेष प्रदेश : जगत सिंखडा, क्वालिटीमै । 

२०, २१. सम्पर्क समन्वय प्रदेश : श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३.  बागमती प्रदेश : काठमाडौं ब्याकेट, सरल सहयात्री

२४. सम्पूर्ण आयोगहरू : काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ 

२५. जबस, मोर्चाका इन्चार्जहरू : केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।

  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १७:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया