जबराकाे राजीनामासँगै सम्पत्ति छानविन गर्नुपर्ने माग गरी बारले आन्दाेलन जारी राख्ने

नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पत्तिको छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।

आज (सोमबार) पनि सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले  अब प्रधानन्यायाधीश शमशेरको राजीनामा माग मात्रै नभएर, अनियमिता गरेर कमाएको सम्पत्तिको छानविन गर्नुपर्ने माग राखेर आन्दोलन जारी राख्ने बताएका हुन्।

प्रधानन्यायाधीश जबराले बिचौलियाहरूको आधारमा कमाएको सम्पत्ति कहाँ कति छ भनी छानबिन  गर्ने नागरिक समाजले मागको सुरुवात गरेको श्रेष्ठकाे भनाइ छ । 

उनले अब प्रधानन्यायाधीश जबराका नातेदार,विचौलिया न्यायाधीशहरूको समेत सम्पत्ति छानविन गर्नु पर्ने बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘विगत दुई महिनादेखि न्यायपालिकामा भएको भ्रष्टाचार, विकृति, विसंगति सुधारको लागि आन्दोलन जारी राखेका छौं । न्यायालयको सुधारको बाधक प्रधानन्यायाधीश जबराको राजीनामा पहिलो माग हो । आन्दोलनको सुरुवातमा बारले विचौलियाका आधारमा गठन हेर्ने बेन्च गठन गर्ने अधिकार खोसेका छौं ।अहिले बेन्च गठन गोला प्रणालीमार्फत् सर्वोच्च अदालतमा मंसिर १५ गते देखि लागू भएको छ । अब माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतहरूमा पनि विचौलियाले आफूखुसी न्यायसम्पादनको लागि न्यायाधीश तोक्ने र विचौलिया मार्फत भष्टचार गर्ने कामहरु रोकिन्छ । केही दिनपछि नियामवली बन्दै छ ।’ 

‘न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरूले प्रवेश पाएको र ती प्रभाव विस्तारै हट्ने छन् । प्रधानन्यायाधीश जबराले विचाैलियामार्फत् कमाएकाे सम्पत्ति छानिबन गर्नुपर्छ । यसकाे अगुवाइ नागरिक समाजले थालेकाे छ । अब बारले पनि प्रधानन्यायाधीशकाे राजीनामा र उहाँका नातागाेता, विचाैलिया न्यायाधीशकाे समेत सम्पत्ति छानबिन गर्नुपर्नेमा केन्द्रित भई आन्दाेलन अगाडि बढाउँछाै ’ ,श्रेष्ठले थपे।



प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसाेसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै आएका छन् । 



  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १७:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया